वडाका ३ वटा स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वडाका ३ वटा स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न स्थानीयको माग

काठमाडौं । काठमाडौंका स्थानीयवासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबारबाट सुरु भएको खोप काठमाडौं महानगरपालिका ३२ वटै वडाको १-१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकी सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीयले माग गरेको स्थानीय ताराबहादुर खड्काले बताए ।

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दाबी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताए । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको उनको दाबी थियो ।

काठमाडौं महानगरपालिकाले आईतबारसम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);