प्रमुख सचेतकबाट नेपाल पक्षका नेतालाई चिठी : नीति कार्यक्रमको पक्षमा बोल्नु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रमुख सचेतकबाट नेपाल पक्षका नेतालाई चिठी : नीति कार्यक्रमको पक्षमा बोल्नु

विराटनगर । एमाले प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेपाल पक्षका सांसदलाई बैठकमा सहभागी भएर नीति कार्यक्रमको पक्षमा बोल्न चिठी पठाएका छन् । प्रमुख सचेतक राजभण्डारीले सवै नेपाल पक्षका नेताहरुलाई सरकारको पक्षमा बोल्न चिठी पठाइका हुन् ।

२४ जेठबाट सुरु प्रदेशसभा बैठकमा नेकपा एमाले नेपाल पक्षका सांसदले बैठकलाई संवोधन गरेका थिएनन् ।२७ गते प्रमुख सचेतकले चिठी पठाएपछि शनिबार मात्रै माधव पक्षका सांसदले बैठकलाइए संवोधन गरेका छन्।

शनिबार नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा नेपाल पक्षका सांसद उपेन्द्रप्रसाद घिमिरेले चिठी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले यो छलफलमा भाग नलिउँ भनेको थिए तर माननीय बुद्धिकुमार राजभण्डारीको चिठीले यहाँँ उभिन बाँध्य बनाएको बताए ।

नीति तथा कार्यक्रमका बारेमा बोल्न मन नभए पनि चिठी आएपछि बोल्न बाध्य भएको उनको तर्क थियो । उनले आफूहरु सत्ता पक्षकै सांसद भएको भन्दै सरकार किन डराएको भन्दै प्रश्न गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);