निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा आज पनि तनाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा आज पनि तनाव

nirmala pant

कञ्चनपुर, ६ भदौ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा बास्तबिक दोषी लुकाउन खोजेको भन्दै कञ्चनपुरवासीले आजपनि प्रदर्शनमा उत्रिएका छन् ।

कञ्चनपुरका स्थानीयले आज बिहानैदेखी बजार तथा यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन । प्रहरीले घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने स्थाीयले बताएका छन ।

प्रहरीले घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर सार्वजनिक गरेको स्थानीयको आरोप छ । प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा भिमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दीलीप सिंह बिष्टलाई सोमबार पक्राउ गरि सार्वजनिक गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);