माछाका भुरा उत्पादनमा आत्मनिर्भर बन्दै रुपन्देही | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माछाका भुरा उत्पादनमा आत्मनिर्भर बन्दै रुपन्देही

machaka bhura

बिमल पुरी
रुपन्देही, २४ भदौ । रुपन्देही जिल्ला माछाका भुरा उत्पादनमा आत्मनिर्भर बनेको छ । सरकारीसहित निजी ह्याचलिङ र नर्सरीकर्ताले भुरा उत्पादन गर्न थालेपछि जिल्ला भुरा उत्पादनमा आत्मनिर्भर बनेको हो ।

रुपन्देहीमा वार्षिक करोडौं माछाका भुरा उत्पादन हुँदै आएको छ । निजी तथा सरकारी उत्पादनकर्ताहरुले जिल्लाको आवश्यकताअनुसार भुरा उत्पादन गर्दै आएपछि रुपन्देही भुरा उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा मत्स्य विकास केन्द्रसहित निजी क्षेत्रबाट संचालित ह्याचलिङ्कर्ताहरु ४ रहेका छन् । यी निजी ह्याचलिङ्ले जिल्लाको कुल मागको ८० प्रतिशत भुरा उत्पादन गर्दै आएका छन् । माछा पालनमा आकर्षण बढ्दै जाँदा भुरा उत्पादनकर्ताहरु पनि बढ्दै गएका हुन् ।

मत्स्य विकास केन्द्रले मात्रै आर्थिक वर्ष ०७४-०७५ मा करोडोभन्दा बढी भुरा उपादन गरी विक्रीवितरण गरेको छ । कार्यालयका अनुसार ह्याचलिङ् ४ करोड ६८ लाख उत्पादन भएको छ । यस्तै फ्राई १० लाख ४० हजार र फिङ्गलिङ् ३४ लाख ५२ हजार उत्पादन भएको छ । शुद्ध नस्लमा ह्याचलिङ् २८ लाख ५० हजार र फिङ्गलिङ् २ लाख ९ हजार उत्पादन भई विक्रीवितरण भएको छ । यहाँ उत्पादन भएका भुरा भारतमा समेत निकासी हुँदै आएका छन् । मनग्य आम्दानी, पानी पर्याप्त हुनु, समथर भूभाग जस्ता कारणले पनि मत्स्य पालन तथा भुरा उत्पादनमा आकर्षण बढ्दो छ ।

माछा पालनमा आकर्षण बढ्दै जाँदा सरकारले २०७३-०७४ बाट सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत जिल्लाको मायादेवी, सुद्धोधन, सियारी र गैडकवालाई मत्स्य जोनको रुपमा विकास गरिँदै छ । रुपन्देहीमा कुल १० हजार ८० हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ । मत्स्य विकास केन्द्रकाअनुसार प्रति हेक्टर क्षेत्रफलमा एक पटकमा १० हजार भुरा राख्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);