माछाको भुरामा आत्मनिर्भर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माछाको भुरामा आत्मनिर्भर

fish

चितवन, १२ चैत । माछाको भुरामा चितवन आत्मनिर्भर बनेको छ । केही वर्षअघि मात्र परनिर्भरताको अवस्थामा रहेको चितवन एक वर्षदेखि आत्मनिर्भरतामा रहेको हो ।

भण्डारा मत्स्य विकास केन्द्रमा सरकारी तहबाट एउटा ह्याचरी र जिल्लाका विभिन्न स्थानमा सातवटा गरी आठवटा ह्याचरी रहेको पूर्वी चितवनमा रहेको मत्स्य विकास केन्द्र भण्डाराले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार वार्षिक दुई करोड ५० लाख भुर्राको माग रहेको छ । यहाँका सबै ह्याचरी र नर्सरीको उत्पादन विवरण हेर्दा वार्षिक तीन करोड भुरा उत्पादन हुने गरेको छ ।

यो तथ्यांक अनुसार आत्मनिर्भरताको अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवको भनाई छ । चार वर्षअघि मात्र भैरहवा, मकवानपुरलगायतका जिल्लाबाट भुरा नल्याएसम्म यहाँको माग पूरा हुने गरेपनि अहिले नल्याए पनि पुग्ने अवस्था छ । जिल्लाको भण्डारा, टाडी, कठार, माडी, पश्चिम चितवन शंकर चोकलगायतको स्थानमा ह्याचरी रहेका छन् ।

यहाँ उत्पादन भएको माछा मकवानपुर, बारा, पर्सा, झापा, पोखरा जाने गरेको ह्याचरी सञ्चालन गर्दै आएका पूर्वी चितवनका मनोज सहनीले बताए । जिल्लामा अहिले माछा पालन गर्ने किसानको संख्या वृद्धि हुँदै गएकाले ह्याचरीले उत्पादन वृद्धि गर्दै लगेको नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए । माछा पालन गर्ने किसान बढे पनि राज्यको तर्फबाट सहयोग पाउन नसकिएकाले किसानलाई कठिन हुने गरेको उनको भनाई छ ।

चितवनमा अहिले पाँच सय बिगहामा माछा पालन भइरहेको छ । हरेक वर्ष माछा पालन गर्ने किसानको संख्या बढ्ने भएकाले यो संख्या अझ वृद्धि हुने कृषि विकास कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);