केसीको माग सम्बोधनका लागि दबाब दिन काठमाडौंमा वृहत प्रदर्शनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

केसीको माग सम्बोधनका लागि दबाब दिन काठमाडौंमा वृहत प्रदर्शनको तयारी

govinda kc

काठमाडौं, ३० असार । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीको पक्षमा काठमाडौंमा आज प्रदर्शन गरिंदै छ ।

चिकित्सक केसी आमजनताको स्वास्थ्यमाथि खेलवाड हुन नदिन चिकित्सा शिक्षामा सुधारको माग राखेर अनसन बसेको भन्दै उनको मागप्रति ऐक्यबद्धता जनाउन वृहत प्रदर्शनको तयारी गरिएको हो । माइतीघर मण्डलाबाट निकालिने जुलुसमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्की र कल्याण श्रेष्ठ पनि सहभागी हुने भएका छन् ।

जुलुसमा विभिन्न पेशाकर्मी र राजनीतिकर्मी पनि सहभागी हुने भएका छन् । नेपाल मेडिकल एशोसिएसन, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, आयुर्वेदिक एसोसिएसन अफ नेपाल, डक्टर्स सोसाइटी अफ नेपाल लगायत १३ संस्थाले प्रदर्शनमा साथ दिने बताएका छन् ।

नेपाली कांग्रेसका नेताहरुले जुलुसमा सहभागी हुन आफ्ना कार्यकर्तालाई उर्दी जारी गरेका छन् । चिकित्सक केसी असार १६ गतेदेखि जुम्लामा आमरण अनसन बसिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);