राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक

law

मकवानपुर, ३० असार । उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ ।

उच्च अदालत हेटौंडाका न्यायधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले नेपाल सरकार ३ नम्बर प्रदेश कर्यालय एवं मुख्यमन्त्री डोरमणी पौडेललाई समेत विपक्षी बनाई पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नभएसम्म राजधानीको विषयमा बहस नगर्न आदेश जारी गरेको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);