क्रसर उद्योग नरोक्न उच्च अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

क्रसर उद्योग नरोक्न उच्च अदालतको आदेश

nuwakot

काठमाडौं, २८ कात्तिक । उच्च अदालत पाटनले नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको नाटेश्वरी रोडा–ढुंगा उद्योग सञ्चालनमा रोक नलगाउन आदेश जारी गरेको छ ।

भूकम्पपीडितलाई राहत उपलब्ध गराउन नसकेको भन्दै उच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका मुहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म रोडा–ढुंगा उद्योग सञ्चालन नरोक्न आदेश दिएको हो ।

भूकम्पपीडितलाई राहत पुर्‍याउने उद्देश्यले क्रसर उद्योग सञ्चालन भएको भन्दै तत्काल रोक्दा भूकम्पपीडितलाई समेत नकारात्मक असर पर्ने देखिएकाले तत्काल सञ्चालनमा रोक नलगाउन आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उद्योग सञ्चालनमा रोक लगाएपछि त्यसका सञ्चालक हुतराज कोइरालाले अदालतमा रिट दायर गरेका थिए । आजको नयाँ पत्रिकामा यो खबर छ  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);