गृह मन्त्रालयको कदमप्रति उद्योगी व्यवसायीहरुको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

गृह मन्त्रालयको कदमप्रति उद्योगी व्यवसायीहरुको आपत्ति

काठमाडौं । क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघले कानून बमोजिम दर्ता भएर सञ्चालन भएका उद्योग बन्द गराउनु कानूनविपरित भएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै महासंघले कानून बमोजिम दर्ता भएर नियमित रुपमा कर तिरिरहेका उद्योगहरुमा उत्पादन तथा बिक्री वितरण समेत बन्द गराउनु कानूनविपरित भएको भन्दै गृह मन्त्रालयको कदमप्रति आपत्ति जनाएको हो । महासंघले उद्योगबाट उत्पादन भएका ढुङ्गा, गिटी, बालुवा तथा रोडा उद्योग तत्काल सञ्चालन गर्न दिन सरकारसँग माग समेत गरेको छ । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले इजाजत पत्र लिएका उद्योगहरु कानूनी प्रक्रिया पु¥याई दर्ता खारेजी गरेपछि मात्र उद्योग बन्द गर्न पाइने भएपनि मन्त्रालयले इजाजत पत्र खारेज नगरी प्रहरी लगाएर उद्योग बन्द गर्नु गलत भएको बताउनु भयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग बन्द गर्ने निर्णयले देशको अर्थतन्त्रलाई ठूलो नोक्शानी पु¥याएको जिकिर गर्नुभयो । उहाँले सरकारको गलत निर्णयका कारण मुलुकको पूर्वाधार विकासका कामहरु ठप्प भएको भन्दै ३ सय ४० अर्ब लगानी भएको निर्माण उद्योग समेत बन्द हुदाँ व्यवसायीहरु मारमा परेको दुखेसो गर्नुभयो ।

त्यस्तै, क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले क्रसर उद्योग सञ्चालनको मापदण्ड नमान्ने नभनेको भन्दै देशको कानून अनुसार नै स्थापना भएको बताउनु भयो ।

महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँग जोडेर मूल्याङ्कन गर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय निकायमाफत र क्रसर उद्योग सञ्चालन कार्य उद्योग विभागमार्फत व्यवस्था गर्न माग समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);