कानुन निर्माणमा ढिलाइ नगर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कानुन निर्माणमा ढिलाइ नगर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण

krishana bdr mahara

काठमाडौं, ४ साउन । समृद्धिको अभियान प्रभावकारी बनाउन सभामुखसहित प्रमुख दलका नेताहरुद्वारा सरकारको ध्यानाकर्षण, आवश्यक विधेयक जतिसक्दो चाँडो संसदमा पेश गर्न आग्रह

सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्थाअनुसार कानुन निर्माणका लागि विधेयकहरु छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारको ध्यानाकर्षण गराए ।

कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने उनको भनाइ छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको मंच, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सन् २०३० भित्र मुलुकलाई विकसित राष्ट्र बनाउने सरकार र राजनीतिक दलहरुको साझा लक्ष्यलाई हासिल गर्न लागि पर्न पनि सांसदहरुलाई सचेत गराए ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई पूरा गर्न आफ्नो पार्टीले अधिकतम पहल गरिरहेको बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान कार्यान्वयनको मुख्य चुनौतीको रुपमा रहेको कानुन निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए ।

खाँडले कानुन निर्माणका लागि आवश्यक विधेयकको तर्जुमा गर्दा संसदभित्र र बाहिर पनि व्यापक छलफल गर्नुपर्नेमा जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);