संसदमा छिटो विधेय पेश गर्न सभामुखको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदमा छिटो विधेय पेश गर्न सभामुखको आग्रह

krishana bdr mahara

काठमाडौं, ४ साउन । सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरु छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन् ।

सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने पनि स्पष्ट पारे । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई पूरा गर्न आफ्नो पार्टीले अधिकतम पहल गरिरहेको गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान कार्यान्वयनको मुख्य चुनौतिको रुपमा रहेको कानुन निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए ।

प्रमुख सचेतक खाँडले कानुन निर्माणका लागि आवश्यक विधेयकको तर्जुमा गर्दा संसद भित्र र बाहिर पनि व्यापक छलफल गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);