ओलीसँग डा. केसीलाई मार्ने वा माग पुरा गर्ने एकमात्र विकल्प छ : खगेन्द्र संग्रौला (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओलीसँग डा. केसीलाई मार्ने वा माग पुरा गर्ने एकमात्र विकल्प छ : खगेन्द्र संग्रौला (भिडियो सहित)

khagendra sangraula

काठमाडौं, ४ साउन । नेकपाको सरकार गठन भएको ५ महिना पुगेको छ । सरकारको यो अवधिमा जनताहरुले साना-साना कुरामा सरकारको अपेक्षा गरेका छन् । दैनिक जीवनका सामान्य कुराहरु जस्तै सडक, पानी लगायतका कुराहरु हाल गर्नको सरकारसँग भनिरहेका छन् । सरकार भने रेल, पानी जहाज र सुरुङ्गको सपना देखिरहेको छ । अब बिस्तारै यो विषयमा दुई पक्ष देखिएको छ, एउटा सत्तापक्ष, जो सपनाको कुरा गरिरहेको छ र अर्को जनतापक्ष, जसले मत दिएर जिताएको पार्टीसँग सानो अपेक्षा गरिरहेको छन् । यो आशा र सपनाबीच तालमेल मिलिरहेको छैन र यसको कारण के हो ? सरकारले किन यस्तो सानो कुराहरु पनि पुरा गर्न सकिरहेको छैन ? सरकारलाई के कुराको अप्ठ्यारो छ र किन अगाडी बढ्न सकिरहेको छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलासँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);