प्रधानमन्त्री ओलीद्वारा असान्दर्भिक माग पेश नगर्न राजपाका नेताहरुलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा असान्दर्भिक माग पेश नगर्न राजपाका नेताहरुलाई सुझाव

kp oli pm

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई मागमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र लिएर आफूलाई भेट्न उपस्थित भएका राजपा नेपालका अध्यक्ष मण्डलका नेताहरुसँग घाइतेहरुको उपचार, क्षतिपूर्ति लगायत कतिपय माग असान्दर्भिक भएको भन्दै पुनर्विचार गर्न गरेका हुन् । प्रधानमन्त्री ओलीले मागमाथि पुनर्विचार गर्न आग्रह गरेपछि राजपाका नेताहरुले संविधान संशोधनका बारेमा जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा रहेका त्रुटीबारे छलफल गर्न आफू तयार रहेको तर त्यसमा अल्झिनुको साटो देश विकासमा जुट्नुपर्ने बताए । उनँले राजपाका नेताहरुलाई समग्र तराईको विकास गर्ने वृहत योजना बनाउने प्रस्ताव समेत गरे । उनँले जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले त्यसको साटो तराईमा एकिकृत वस्ती बसाउने सरकारको योजना रहेको भन्दै सहयोग गर्न आग्रह गरेको बैठकमा सहभागी राजपाका नेताहरुले जानकारी दिए । प्रधानमन्त्री ओली र राजपाका नेताहरुबीच विहिबार बेलुका डेढ घण्टा लामो छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);