बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न सांसदहरुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडाैं,१२ असाेज । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

संघीय संसदका दुबै सदनमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका महिला सांसदहरुको सोमबार सिंहदरबारमा भएको भेलामा सहभागिहरुले संविधान संशोधन गरेर कानून बनाउने र अन्तर्राष्ट्रिय सन्धि समेत संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।

भेलामा सत्तारुढ नेकपाकी सांसद शान्ता चौधरीले सबै मिलेर कानूनी कडाइको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी जनता समाजवादी पार्टीकी सांसद प्रमिला यादवले बलात्कारका घटनाहरुको अन्त्य गर्न अन्तर्राष्ट्रिय सन्धिको अध्ययन गरेर कडा कारवाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

छलफलमा महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले नाबालकलाई बलात्कार गरेर हत्या गर्नेलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिनुभयो।

महिला सांसदहरुको भेलाले बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि अध्ययन तथा सुझाव दिनका लागि सांसद बिन्दा पाण्डेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);