सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, नागरिकता विधेयक छलफलमा ल्याउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, नागरिकता विधेयक छलफलमा ल्याउन माग

bimala nepali

काठमाडौं, १० असार । सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद बिमला नेपालीले गृहमन्त्रालयले एक पछि अर्को निर्देशन दिएर नागरिकता वितरणमा सधै समस्या देखिने गरेकाले दीर्घकालिन समाधानका लागि नागरिकता सम्बन्धी विधेयक तत्काल सदनको छलफलमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारले गाएको एउटा गीतका बिषयलाई लिएर उनीहरुलाई अपमान गर्ने काम भएको बताउनुभयो । उहाँले अपमानित गर्नेलाई कानुनी दायराभित्र ल्याएर अबिलम्ब कारवाही गर्न माग गर्नुभयो ।

सांसद मिन बहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले ढुवानी क्षेत्रमा काम गर्ने व्यवसायीलाई व्यवहारीक कठिनाई भएको भन्दै सो व्यवस्था तत्काल खारेज गर्न माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले संघीय शिक्षा ऐन आउन ढिलाई हुनु र यस बीचमा तीनै तहको सरकारको समन्वयको अभाव हुदा शिक्षा क्षेत्र नै प्रभावित हुन सक्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसद राजबहादुर बुढाले गत बैशाख २२ र २४ गतेको असिना पानीले दैलेखमा अन्नबाली क्षति भएको र त्यसको अहिले सम्म राहत उपलब्ध नगराईएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);