सांसदद्वारा भारतको काश्मिर समस्याबारे सरकारको आधिकारिक धारणा माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सांसदद्वारा भारतको काश्मिर समस्याबारे सरकारको आधिकारिक धारणा माग

sanghiya samsadh

काठमाडौं, ६ भदौ । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले छिमेकी मुलुक भारतको कास्मिरकको समस्या लगायत देशका समसामयिक बिषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभाको शुक्रवारको बिशेष समयमा सांसद जितेन्द्र नारायण देवले भारतको कास्मिर समस्या बारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दै छ भन्ने संदेश गएको उल्लेख यसले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिनुभयो ।

त्यसैगरी सांसद बद्री प्रसाद पाण्डेले बाजुराका विभिन्न गाउँ बाढी पहिरोको जोखिमको खतरामा रहेको भन्दै जोखिम युक्त बस्तिका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो ।

सांसद खेमराज नेपालीले मैथिली,भोजपुरी लगायतका भाषाहरु संकटमा पर्दै गएका भन्दै त्यसको संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी राष्ट्रिय सभाको बैठकमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);