Our Network

माघ १० २०७८, सोमबार

राजधानीबासीको भान्सा महङ्गो बन्दै

काठमाडौं, ६ भदौ । चाडवाड नजिकिएसँगै राजधानीमा केही सातादेखि आकाशिएको तरकारीको भाउ अझै घट्ने छाटकाट देखिएको छैन । बरु दैनिकजसो मूल्यमा बृद्धि भइरहेको छ ।

बजारमा कुनैकुनै तरकारीको मूल्य ५० प्रतिशत भन्दा धेरै बृद्धि भएको छ । गोलभेडाको मुल्य नै हेर्ने हो भने प्रति किलो कालीमाटी थोक बजारमा १०० छ भने खुद्रा बजारमा १३० देखि १३५रुपैंयाँसम्म उपभोक्ताले तिर्नु परेको छ ।

त्यस्तै प्याजको मुल्य पनि भारतमा नै बढेकाले ५५ देखि ६० रुपैयाँ पुगेको छ । राजधानी लगाएतका बिभिन्न स्थानहरुबाट आउने गोलभेंडा उपभोक्ताको माग अनुसार धेरै र उब्जनी थोरै भएकाले यसको मुल्य बृद्धि भएको कालीमाटी फलफुल तथा तरकारी विकास समितिले जनाएको छ ।

हरियो तरकारीको मुल्य भने पहिलेको तुलनामा केही मुल्य अन्तर भएको छ । हरियो तरकारी भनेको चाडै कुहिने वा नास हुने भएकाले व्यापारीले महंगो गर्नुभन्दा पनि यसको मुल्य स्थिर नहुने व्यापारीहको भनाइ छ ।

त्यस्तै खाद्यन्न बस्तुको मुल्यपनि बजेट भाषण गर्नुभन्दा अगाडी अहिलेसम्म बढेको बढ्यै छ । मूल्य अभिवृद्धि कर भ्याट वस्तु र सेवाको उपभोगमा लाग्ने अप्रत्यक्ष कर अनिर्वाय गरेकाले हरेक बस्तुमा मुल्य बढेको व्यापारीको भनाइ छ ।

चाडवाडलाई लक्षित गरि सरकारी निकायले अनुगन गर्ने गरेपनि त्यसको प्रभाव भने बजारमा खासै नपरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । सरकारले बजारको मुल्यमा एकरुपता ल्याउनुपर्ने माग समेत गरेका छन् ।

किसानले अत्यन्त थोरै मुल्य पाएका छन् भने उपभोक्ताले त्यहि वस्तु आफ्नो भान्सासम्म पु-याउँदा निकै धेरै मुल्य चुकाउनु परिरहेको छ । तरकारी फलफुल तथा खाद्यन्नमा बिचौलियाहरुले ठुलो रकम असुली रहेका छन् ।

तरकारी र खाद्यन्नमा मूल्य बढेर जनता पिरोली रहेको बेला सरकार आफैं दूधको मूल्य बढाउने तयारी गरिरहेको छ । यसबाट जनता झन बढी चिन्तित हुने अवस्था देखिन्छ ।