पार्टी अध्यक्षसँग भएको भनाभन श्रीमान् श्रीमतीबीचको घर झगडा जस्तै : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टी अध्यक्षसँग भएको भनाभन श्रीमान् श्रीमतीबीचको घर झगडा जस्तै : नेपाल

madhav kumar nepal

काठमाडौं, ६ भदौ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ ।

सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो ।

विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उहाँले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिनुभयो ।

झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उहाँले राजनीतिमा पनि भागेर नभई समस्यासंग जुध्दै र सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नभयो “नेताहरुबीच भनाभन भएछ भनेर पुर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो । यो बाट कोही पनि अत्तिनु पर्दैन । यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन् । बाधा अवरोधहरु आउँछन् । ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ । सामर्थ्य पनि हुनुपर्छ । यदि तपाईमा सामर्थ्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न ।”

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखैमा काँडै संसार’ भन्ने गीतको दृष्टान्त दिंदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);