मुलुकमा जवाफहीनता बढ्दै गएको भन्दै राष्ट्रपतिद्वारा चिन्ता प्रकट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुलुकमा जवाफहीनता बढ्दै गएको भन्दै राष्ट्रपतिद्वारा चिन्ता प्रकट

bidhya devi bhandari

काठमाडौं, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा जवाफहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनतालाई अन्त्य गर्न सरकार र संघीय संसदको ध्यानाकर्षण पनि गराईन ।

शुक्रबार काठमाडौंमा आयोजित महालेखा परीक्षकको कार्यालयको हीरक जयन्ति समारोहमा उनले आर्थिक अनुशासन कायम हुन नसके समृद्धिको लक्ष्य पनि हासिल हुन नसक्ने बताईन ।

राष्ट्रपति भण्डारीले सार्वजनिक आर्थिक क्रियाकलापलाई पारदर्शी र जवाफदेही बनाउन महालेखा परीक्षकको कार्यालयको महत्वपूर्ण भूमिका हुने पनि स्मरण गराईन । कार्यक्रममा राष्ट्रपति भण्डारीले उत्कृष्ट कार्य सम्पादन गरेका महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुलाई सम्मान पनि गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);