संसद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

संसद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको नवौँ अधिवेशनको नवौँ बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असोजमा अध्यादेश खारेज गरेकी थिइन् ।

बिहीबारको बैठकमा महालेखा परीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नेछन् । महालेखाले गत भदौमा राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);