कांग्रेसको अभिव्यक्ति अपरिपक्व र केटाकेटी पाराको : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसको अभिव्यक्ति अपरिपक्व र केटाकेटी पाराको : प्रधानमन्त्री ओली

oli pm

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केटाकेटी शैलीमा देखिएको टिप्पणी गरेका छन् ।

कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकार बलियो हुँदैमा लोकतन्त्र संकटमा पर्छ भन्ने कांग्रेस नेताहरुको अभिव्यक्ति अपरिपक्व र केटाकेटी पाराको भएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले धेरै नआत्तिन कांग्रेसलाई आग्रह पनि गरे । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले आफूमातहत रहेका कार्यालयका लागि बिनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ पनि दिए । उनले केही वर्षभित्र देशबाट गरिबी अन्त्य हुने दाबी गरे । सरकारका काम चुस्त बनाउनका लागि केही विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको ओलीले स्पष्ट पारे ।

त्यसअघि सांसदहरुले पूर्ववर्ती सरकारले गरेका निर्णयको निरन्तरता, भूकम्प प्रभावितलाई दिने भनिएको राहत, बाढी नियन्त्रण तथा विभिन्न विभागहरुलाई प्रधानमन्त्री मातहत ल्याईएको विषयमा जिज्ञासा राखेका थिए । कांग्रेस नेतृत्वको अघिल्लो सरकारका निर्णय चुनाव प्रचारका लागि मात्रै थियो भन्दै ओलीले कार्यान्वयन नगर्ने स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);