नारीहरुको उत्थान नभएसम्म मुलुकको विकास असम्भव : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौं, २ मंसिर । राष्ट्रपति विद्या भण्डारीले नारीहरुको उत्थान नभई कुनै पनि मुलुकको विकास सम्भव नहुने बताएकी छन् । राष्ट्रपति भण्डारीले कुनै पनि मुलुकमा विद्यमान अन्धविश्वास र कुरिति हटाउन पनि नारी उत्थान अनिवार्य रहेको स्पष्ट पारेकी छन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्णजयन्तिको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौतम बुद्धको शान्ति र करुणाको सन्देश विश्वभर फैल्याउँदै मुलुकमा समृद्धि, प्रेम, शान्ति र सदभाव कायम गर्न पनि नारीहरुको योगदान महत्वपूर्ण हुने उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले राजयोगको माध्यमबाट महिलाहरुको अन्तरनिहित क्षमताको विकास गर्न ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले खेल्दै आएको भूमिकाको खुलेर प्रशंशा गरेकी छन् । राष्ट्रपति भण्डारीले सुखी समाज निर्माणका लागि योगको भूमिका महत्वपूर्ण हुने बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);