माओवादीले जनयुद्ध घोषणाको २४औं वर्ष, टुक्रिएका नेकपा दलले छुट्टाछुट्टै जनयुद्ध दिवस मनाए | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

माओवादीले जनयुद्ध घोषणाको २४औं वर्ष, टुक्रिएका नेकपा दलले छुट्टाछुट्टै जनयुद्ध दिवस मनाए

nekapa

फूलमाया आले

काठमाडौं, १ फागुन । २०५२ साल फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह घोषणा गरेको २४ वर्ष पुरा भएको छ । सशस्त्र युद्धहुँदै शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्र र युद्धको चर्को आलोचक नेकपा एमालेबीच पार्टी एकतापछि अहिले न्पाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । एकीकृत पार्टीले पनि जनयुद्ध दिवस मनाएको छ । तर, जनयुद्धका घाइते तथा सहिद परिवारहरु भने गुनासो गर्दै जीवन गुजारी रहेका छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीले संसदीय व्यवस्था, राजतन्त्र र सामान्ती व्यवस्थाको अन्त्य गरेर कम्युनिष्ट सत्ता स्थापना गर्ने भन्दै विभिन्न ठाँउमा आक्रमण गरेर २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध घोषणा गरेको थियो । सशस्त्र युद्धका कारण करिव १७ हजारले ज्यान गुमाएपछि शान्ति प्रक्रियामार्फत मुलधारको राजनीतिमा आएपछि उक्त सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । सशस्त्र आन्दोलनबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी अहिले माओवादी छैन । विभाजित भएर बनेका टुक्रा मध्ये बैद्य नेतृत्वको पार्टी मात्र अहिले माओवादी छ । तर, विभाजित भएकाहरुले मात्र हैन एमालेसँग एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि बुधबार विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस मनाएका छ । शान्ति प्रक्रियामा आएपछि पनि जनयुद्धको चर्को विरोधी एमाले र बिद्रोहबाट आएको माओवादी दुबैले एक भएर जनयुद्ध दिवस मनाएका छन् ।

नयाँ सन्देश दिनेगरी पूर्वएमालेको कार्यलय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका सर्वोच्च कमाण्डर तथा वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धले विश्वको ध्यानाकर्षण गर्ने गरी चमत्कारिक परिवर्तन गरेको दाबी गरे ।

जनयुद्धका घाइतेले भने संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२÷६३ को जनआन्दोलनको आफूहरुको प्रमुख भूमिका रहेको भन्दै यसलाई नभुल्न सरकारलाई सुझाव दिएका छन् । साथै जनयुद्धका घाइते र सहिद तथा बेपत्ता परिवारको मागहरु कति सम्बोधन भयो या भएन भनेर सरकार र विद्रोही दुवै पक्षले त्यसको खोजी तथा समिक्षा गर्न जरुरी रहेको उनीहरुको भनाई छ ।

पार्टी एकतापछि बनेको बहुमतको सरकारमा आफ्नो पार्टी रहेपनि जनयुद्धका धाइते र सहिद परिवारलाई उचित रुपमा सम्बोधन गर्न नसकेको पूर्वमन्त्री समेत रहेका दलजीत विके श्रीपालीको भनाई छ । जनयुद्धका घाइतेहरुले निशुल्क रुपमा उपचारको व्यवस्था गर्नुपर्ने, परिवारलाई रोजगारको व्यपवस्था गर्नुपर्ने, उनीहरुका छोराछोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राख्दै आएपनि सम्बोधन हुन नसकेको उनको भनाई छ ।

१७ हजारले ज्यान गुमाएको सशस्त्र युद्धपछि शान्ति संझौतामा आएपनि सम्झौताका पक्षमा रहेका घाइते तथा लडाकुले असन्तोष व्यक्त गरिरहेका छन् भने त्यही युद्ध लडेका केही बिद्रोही बनिरहेका छन् । त्यसरी विद्रोहमा लागेकाहरु जनयुद्धले पूर्णता नपाएको भन्दै फेरी पनि विद्रोहीकै भूमिकामा छन् ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्यको घोषण गरिएको थियो । युद्ध गर्नु जत्तिकै महत्वपूर्ण युद्धको सुरक्षित अवतरण हो । विद्रोहीहरुको व्यवस्थापन हुननसके युद्धको सुरक्षित अवतरणमा सफलता हात नलाग्न सक्छ । सशस्त्र युद्धको जगमा २०६२÷६३मा भएको आन्दोलनबाट देश अहिले गणतन्त्रमा छ । सरकार तथा विद्रोही पक्ष दुवैले जनयुद्धका घाइते, बेपता तथा सहिद परिकवारलाई उचित सम्मानको व्यवस्था गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);