संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी

काठमाडाैं । संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ ।

आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्ने छन् । त्यसपछि अदालतका सहयोगि अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ ।

जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ । आईतबार जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप लगाए ।

श्रेष्ठले अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्याख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क गरे । जवाफी बहस सुरु गर्नु अघि ईजलासले विभिन्न ७ वटा प्रश्नको जवाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ ।

न्यायाधिश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यावसायीहरुले अघि सारेका प्रश्नहरुकै सन्दर्भमा जवाफ दिन वकिलहरुलाई सचेत गराएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);