नेपाली कांग्रेसको आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली कांग्रेसको आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

tea party

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कांग्रेसले आज केन्द्रीय कार्यालय र बाँकी ७४ जिल्लाका कार्यालयहरुमा चियापान कार्यक्रमको आयोजना गरेको छ । आज अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केयपछि विसं २०३५ साल देखि प्रत्येक वर्ष कांग्रेसले चियापान कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आइरहेकोछ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख लगायतका शुभेच्छुकको सहभागिता रहने बताईएको छ ।

हरेक वर्ष वडादशैको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको कारण कात्तिक १६ गते सारिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);