राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी बर्खास्त

rajapa

काठमाडौं, १६ कात्तिक । राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् ।

कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन् ।
२९ असोजमा पार्टीले तलब र दसैँ खर्च दिँदै आइन्दा कार्यालय नआउन भनेको थियो । कर्मचारी बर्खास्तीमा परेपछि राजपाको केन्द्रीय कार्यालयको चिठीपत्र तयार गर्ने कोठा बन्द छ । राजपाको केन्द्रीय कार्यालय बबरमहलमा सारेदेखि नै कर्मचारीहरू आर्थिक अनियमिततामा मुछिएका हुन् ।

पार्टी एकताको क्रमसँगै ६ वटै समूहबाट आएका कर्मचारीहरूबीच सुरुदेखि आर्थिक कारोबारका विषयमा विवाद भइरहेको थियो ।  राजपाबाट बर्खास्तीमा परेका एक कर्मचारीका अनुसार आर्थिक कारोबारको जिम्मा पाएका प्रदीप पाठकले कमिसन एक्लै बुझ्ने गरेको भन्दै पार्टी पदाधिकारीलाई अन्य कर्मचारीले पटकपटक सुनाउने गरेका थिए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि