छोरीहरुसँगै प्रचण्डले दिए श्रीमतीलाई दागबत्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

छोरीहरुसँगै प्रचण्डले दिए श्रीमतीलाई दागबत्ती

काठमाडौं । श्रीमती सीता दाहाललाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन् ।

उनको आजै राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रचण्डले छोरीहरू रेनु र गंगासँगै श्रीमतीलाई दागबत्ती दिएका छन् ।

सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सरकारका उच्चपदस्थ कर्मचारी, उच्च सुरक्षा अधिकारका साथ सर्वसाधारण पशुपतिनाथ पुगेका थिए । सीताको बुधबार बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);