सीताले अरुलाई पीडा नदिइकन संसारबाट बिदा लिइन् : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सीताले अरुलाई पीडा नदिइकन संसारबाट बिदा लिइन् : प्रचण्ड

काठमाडौं, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजको बताएका छन् ।

आज बालुवाटारमा आयोजित श्रद्धान्जली सभामा बोल्दै प्रचण्डले भावुक बन्दै बिरामी भएपनि सरकारबाट कुनै पनि सुविधा नलिईकनै सीताको आफ्नै खर्चबाट उपचार गराएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सीताको अन्तिम अवस्था अस्पतालको आइसीयु र भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ की भन्ने सोचेपनि अरुलाई पीडा नदिइकन संसारबाट बिदा लिएको सुनाए ।

उनले अस्पताल लगेको करिब १ घण्टामै उनी बितेको बताए । सीताले दिएको योगदान र त्याग तपस्यालाई जनताले बुझेर अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटसम्म साथ दिएर न्याय दिएको बताए ।

कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);