प्रचण्डले देखे 'षड्यन्त्र र घेराबन्दी' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रचण्डले देखे ‘षड्यन्त्र र घेराबन्दी’

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूविरुद्ध षड्यन्त्र र घेराबन्दी भइरहेको टिप्पणी गरेका छन् । उनले देशमा प्रतिक्रियावादीहरुले विभिन्न खालका षड्यन्त्र गर्ने र घेरा हाल्ने गतिविधि गरिरहेको बताएका हुन् ।

राजधानीमा जनयुद्धका सहिद तथा वेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व विषयक अन्तक्रियामा प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरु ले विभिन्न खालका षड्यन्त्र गर्ने, घेरा हाल्ने गरिराखेका छन् । हिजो ‘जनयुद्ध’को अन्तिम समयतिर पनि देखिएकै कुरा हो ।’

विभिन्न खालका षड्यन्त्रलाई चिरेर बढ्ने बताए । सहिद र वेपत्ता पारिएकालाई सम्मान गर्दा प्रतिक्रियावादीहरु तर्सिएको तर्क गरे । भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी षड्यन्त्र भइरहेको बताए ।

उनले ‘जनयुद्ध’लाई सार्वजनिक बिदा दिने क्यालेन्डरमा समावेश गर्ने देखि उक्त सशस्त्र गतिविधिमा मारिएकाहरुलाई सहीदका रुपमा राजपत्रमा नै राख्ने निर्णय आफ्नो नेतृत्वको सरकारले गरेर महत्वपूर्ण कार्य गरेको दाबी गरे ।

माओवादीहरु एक ठाउँमा उभिनुपर्नेमा प्रचण्डको जोड थियो । सबै एक भएमा प्रतिक्रियावादीको प्रहारको सजिलै सामना गर्न सकिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);