प्रहरी निरीक्षक अमिर दाहालको पशुपति आर्यघाटमा दाहसंस्कार | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्रहरी निरीक्षक अमिर दाहालको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं, २८ मंसिर  । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ कुचियाही टोलमा गएराति बम विष्फोटन हुँदा गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक दाहालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा शनिवार विहान निधन भएको थियो । संखुवासभामा जन्मिनुभएका प्रहरी निरीक्षक दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ कृष्णनगरमा बस्दै आउनुभएको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्व. दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

यसकाे साथै स्व. दाहालका परिवारजन एवं आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

स्व. दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो ।  दाहालको पार्थिव शरीरमा उहाँका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिनुभयो ।

वि.सं. २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएका  दाहाल वि.सं. २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा वि.सं. २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । स्व.दाहालका बुवा, आमा, श्रीमती र एक छोरा हुनुहुन्छ ।

स्व. दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत रहनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);