प्रचण्डपत्नी सीता दाहालको निधनप्रति मोदीद्धारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रचण्डपत्नी सीता दाहालको निधनप्रति मोदीद्धारा दुःख व्यक्त

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मोदीले बुधबार ट्विट गर्दै दाहालको निधनले मर्माहत भएको उल्लेख गरेका छन् ।

सीता दाहालको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

आज बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेपछि ८ बजे बिहान नर्भिक पुर्याइएको थियो ।

दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो २ बजे अन्त्येष्टि गरिने स्रोतले जनाएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);