सीताको निधनप्रति पूर्वराजा शाहद्वारा श्रद्धाञ्जली व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सीताको निधनप्रति पूर्वराजा शाहद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए ।

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);