असार ३० गतेसम्म प्रधानमन्त्री प्रचण्डका सम्पुर्ण कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

असार ३० गतेसम्म प्रधानमन्त्री प्रचण्डका सम्पुर्ण कार्यक्रम स्थगित

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार ३० गतेसम्म सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेका छन् । पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रचण्डले सरकारी,राजनीतिक तथा कुटनीतिक छलफल सबै ४ दिनका लागि स्थगित गरेका हुन् ।

तर उनले श्रद्धान्जली दिन आएकाहरुसँग भने कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ । ४ दिनसम्म प्रधानमन्त्री दाहाल सिंहदरबार पनि नजाने जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धान्जली दिन जाने शुुभेच्छुकहरुले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न सकिने सचिवालयले जनाएको छ ।

सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);