आज दुई संसदीय समितिको बैठक रोकियो | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

आज दुई संसदीय समितिको बैठक रोकियो

काठमाडौं, २७ असार । आज दुई वटै संसदीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनका कारण दुवै बैठक स्थगित भएका हुन् । समितिका सदस्यहरु श्रद्धान्जली दिन गएकोले बैठक स्थगित गरिएको जनाइएको छ।

अर्थ समितिको बिहान ११ बजे र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक दिउँसो १ बजेबाट बस्ने तय भएको थियो । बैठकामा समितिगत विषयहरुमा छलफल हुनेछ ।

अर्थ समितिमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयसँग छलफल हुनेछ भने उद्योग समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);