राष्ट्रिय सभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ, २७ असार । आज बोलाइएको सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान ११ः०१ बजे बैैठक बोलाइएको बैठक बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक स्थगित भएको कारण नखुलाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनले स्थगित गरीएको बुझिएको छ ।

बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिने कार्यसूची थियो ।

आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची रहेको थियो ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

ताजा समाचार