काठमाडौँ, २८ असार । आज संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा बैठक बस्दै छ । बुधबार स्थगित भएको बैठक आज बिहान १०ः०१ बजेका लागि बोलाइएको हो ।
आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँने सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।
आजै अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।





