मुलुकमा दरबार हत्याकाण्ड जस्तो अनिष्ट हुन सक्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मुलुकमा दरबार हत्याकाण्ड जस्तो अनिष्ट हुन सक्छ : प्रचण्ड

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा दरबार हत्याकाण्ड जस्तो अनिष्ट आउन सक्ने आशंका व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकलाई स्थायित्व र विकासतिर अग्रसर गराए प्रतिक्रियाबादीहरुले त्यस विरुद्ध दरबार हत्याकाण्ड जस्ता घटनाहरु घटाउन सक्ने आशंका व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले जितेको हेर्न नसक्ने तत्वहरुले मुलुकमा अनिष्ट निम्त्याउन सक्ने अवस्था आउने सक्ने संकेत गरे ।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुको षडयन्त्रलाई सफल हुन नदिने गरी बैचारिक बहसलाई अघि बढाउन बाम वुद्धिजीविहरुलाई आग्रह समेत गरेका छन् ।

अध्यक्ष दाहालले आफूले पूल भत्काएरै जनता र राष्ट्रको पक्षमा अघि बढ्ने गरेको बताए । उनले एमालेसँग पार्टी एकता गर्ने निर्णय पछि फर्कन नमिल्ने गरी गरिएको दाबी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);