नेपाल सहित पाँच देशका मजदुर संगठनको भेला काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपाल सहित पाँच देशका मजदुर संगठनको भेला काठमाडौंमा सुरु

काठमाडौं, ११ फागुन । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको सम्बन्धमा नीति बनाउन एशिया प्रशान्त क्षेत्रका नेपाल सहित पाँच देशका मजदुर संगठनहरुको भेला काठमाडौमा सुरु भएको छ ।

काठमाडौमा आजबाट सुरु समिक्षा बैठकमा नेपाल सहित बंगलादेश, लावस र थाइल्यान्डका मजदुर संगठनहरु भेला भएका हुन् । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको जिविकोपार्जनमा नै समस्या भएको भन्दै एशिया प्रशान्त क्षेत्रका मजदुर संगठनहरुले औपचारिक मजदुर बनाउन विभिन्न शिपमूलक तालिम र बैकल्पिक ब्यबसाय गर्न सहयोग गर्दै आएका छन् ।

यो भेलामा सहभागि मजदुर संगठनहरुले आफ्नो देशमा भईरहेको कामको अनुभव सुनाउने छन् । मजदुरको क्षेत्रमा काम गर्न इच्छुक श्रीलंका र भियतनामले सिकाई र अनुभव सहित कार्ययोजना बनाउने कार्यक्रम पनि रहेको छ । कृषि,बिकाश निर्माण र घरायसी काममा रहेका मजदुरलाई आनौपचारिक मजदुरको रुपमा परिभाषित गरिँदै आएको छ ।

यस्ता क्षेत्रमा काम गर्ने मजदुरको कामको समयको सीमा नहुने ज्याला न्युन हुने, सामाजिक सुरक्षा नहुने कारणले जिविकोपार्जनमा नै समस्या छ ।

नेपाल, लाओस, बंगलादेश र थाईल्याण्डका मजदुर संगठनले अनौपचारिक क्षेत्रमा कामगर्ने मजदुरलाई औपचारिक बनाउन विभिन्न शीपमूलक तालिम ब्यबसाय गर्न बीउ पुंजी उपलब्ध गराई सहयोग गर्ने गरेका छन् ।

नेपालमा पर्सा मोरंग ललितपुर र भक्तपुरमा यो कार्यक्रम संचालन भईरहेको छ । आज र भोलि गरिने छलफलले २०१८ मा गरिने कार्यक्रमको निर्माण गर्ने आयोजक मध्यको एक ट्रेड युनियन कांग्रेसले बताएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);