बारामा मजदुर माथी प्रहरीको ज्यादती, झडपमा ८ जना मजदुर र १० जना प्रहरी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बारामा मजदुर माथी प्रहरीको ज्यादती, झडपमा ८ जना मजदुर र १० जना प्रहरी घाइते

श्याम गुप्ता, बारा । बारा जिल्ला स्थित त्रिवेणी स्पेनिङ मिल्स् प्रा.लि.मा भएको झडपमा ८ जना मजदुर र १० जना प्रहरी घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरा स्थित कारखानामा दशैं बोनस माँग्दै वार्तामा बसेका मजदुर र प्रहरी बिच बिहिवार अपरान्ह भएको झडपमा ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी सहिँत १० जना प्रहरी घाईते भएका हुँन् । भने भगवत महतो चौहान लगायतका ८ जना मजदुर घाइते भएका छन् ।

घाईते मध्ये टाउकोमा चोट लागेका प्रहरी हवल्दार श्रीराम पटेलको गण्डक अस्पताल बिरगंज र ओठमा चोट लागेका प्रहरी जवान सुरेन्द्र महत्तोको अल्पाईन अस्पताल सिमरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्य घाइते प्रहरीको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायाव उपरीक्षक राजेश थापाले जनाकारी दिए । घाइते मजदुरहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

झडपको स्थिति नियन्त्रण गर्ने क्रममा प्रहरीले ३४ सेल राउण्ड अश्रुग्याँस, सर्ट गनबाट १ राउण्ड हवाई फायर भएको बारा प्रहरीले जनाएको छ । भने १३ थान सिलढाल फुटेको, ९ थान बेंतको लाठी भाँचिएको बारा प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिए । प्रहरीले ७ जना कारखानाका मजदुरलाई नियन्त्रणमा लिएको छ । प्रहरी माथी जाईलागेको तथा तोडफोडमा संलग्न रहेको भन्दै ओम् प्रकास मिश्र, संजय कु यादब, मनोज यादब लगायत ७ जना मजदुरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पाउँने गरेकै बोनस् माँगेका मजदुर

सँधै झैं दशैं आयो तर, यस वर्ष त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.का मजदुरको दशैं बोनस् आएन । करिब एक हजार ६ सयको संख्यामा रहेका मजदुरले पटक पटक माँग गर्दा पनि सुनुवाइ नभए पछि बुधवार साँझ बाध्य भएर उनीहरुले सिइओलाई कार्य कक्ष मैं रोकेका थिए । कारखानाको काममा बाधा नहुँने गरी अफ डिउटीका मजदुरहरुले दशैं बोनस् बारे ठोस् जवाफ दिन आग्रह गर्दै सिइओलाई व्यवस्थापनसँग सोध्न भनेका थिए ।

सोहि दिन साँझ प्रहरी कै रोहबरमा वार्ताको प्रयास भए पनि निष्कर्ष ननिस्किए पछि प्रहरी फर्किएको थियो । बिहिवार पुनः बार्ताका लागि प्रहरी प्रशासन, कारखाना प्रशासन, मजदुर नेता जम्मा भएका थिए । मजदुर नेताले बोनसका लागि कति समय लाग्छ त्यो तोक्न तथा तत्कालका लागि पेस्की स्वरुप केहि रकम दिएर पर्व मनाउँन सहज बनाइ दिन भने पछि सिइओ व्यवस्थापनसँग कुरा गर्छु भन्दै फोन गर्न अर्को कोठामा गए पछि निकैबेर हराएको उनिहरूले बताएका छन् । सिइओलाई बोलाउँन तथा के भयो बुझ्न प्रशासनका दुई जनालाई पठाएको अवस्थामा बाराका प्रहरी उपरिक्षक होविन्द्र वोगटि सहिँतको प्रहरी टोली वार्ता कक्षमा छिर्न खोज्दा भिडभाडमा भएको धक्कालाई आइलागेको संज्ञा दिएर प्रहरी मजदुर माथी खनिए पछि स्थिति तनावग्रस्त बनेको थियो ।

दोहोरो झडप हुँदा सो क्रममा दुबै तर्फका गरी दर्जन बढी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । अन्ततः काम नरोकी सौहार्दपूर्ण रुपमा खाइपाइ आएको बोनस् सुविधा माँगेको हकिकतलाई सिइओ लगायतको व्यवस्थापनका ५ जनालाई मजदुरहरुले बन्धक बनाएको आरोप लगाइएको मजदुर पक्षको आरोप छ । प्रहरीले मजदुरको माँग सम्बोधन गराउँने वातावरण निर्माण गर्नु भन्दा पनि उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकिय अधिकृत राजेश श्रेष्ठलाई कारखानाबाट रेस्क्युको वाहानामा निकालेको छ । यस बारेमा बुझ्न खोज्दा उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले अहिले केहि बोल्न नमिल्ने बताए ।

कारखानामा मेशिन चलिरहेकै थियो । डिउटीका मजदुर धमाधम उत्पादनमा जुटेका थिए । अफ डिउटीका मजदुर एकातिरबाट भेटिएका चिजले हान्दै थिए । अर्को तिर प्रहरी प्रतिकारमा जुटेको थियो । काम नरोकी बोनसको माँग गर्दै सिइओलाई मात्रै कार्यालयमा रोकेर निकास खोज्दा भएको प्रहरी दमनले मजदुरहरुलाई हाथापाईका लागि उक्साएको मजदुरको भनाई छ । वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनीयन महासंघ केन्द्रिय सचिवालय सदस्य एवंम् मधेश प्रदेश सहइन्चार्ज मिन प्रसाद आपागाईले मजदुर माथि बल प्रयोग गर्नु र प्रतिकार गर्दा नियन्त्रणमा लिनु दुबै गलत कार्य प्रहरीबाटै भएको बताए ।

वार्ता स्थल बाहिर शान्तिपूर्ण बसेका बेला महिला मजदुरलाई पुरुष प्रहरीले कपडा समातेर तान्दै बाहिर निकाले पछि तनाव सुरु भएको हो, रुदै अनिता भ्लोनले भनिन् । अर्की मजदुर सिकिन्द्र कुमारी चौधरिले चार्डपर्व मनाउँने खर्च आँफै नैं मालिकसँग माँग्दा हामी जस्ता गरिब माथि प्रहरी लगाएर ज्यादती भएको बताईन् । मेरो कपाल समातेर तान्दै प्रहरीले हाथापाई गर्याे ।” गरिबलाई बोनस् सुविधा नदिएर कम्पनीले गरेको ज्यादती बन्द गर्नुको सट्टा प्रहरीले उल्टै मजदुरलाई कुट्नुलाई कसरी बुझ्नु भन्दै उनले प्रतीप्रश्न गरिन् ।

मजदुर महिला माथि पुरुष प्रहरीबाट भएको लछारपछारले स्थिति झडपमा परिणत भएको अखिल नेपाल औद्योगिक मजदुर संघको केन्द्रिय अध्यक्ष वेनी प्रसाद तिमिल्सीनाले बताए । “उद्योगले मजदुरको उचित माग पुरा गर्नैपर्छ, हामी वार्ता गरेर समाधानमा जुट्दै थियौं यस्तोमा प्रहरीबाट दमन हुँनु गलत थियो । सिइओलाई बन्धक बनाएको विषय सरासर गलत हो, उनले भने । नियमित कारखाना सञ्चालन गरेर जायज माँग पुरा गराउँन गरेको पहललाई गलत रुपमा चर्चा गराउँने व्यवस्थापनको रवैया पच्य छैन ।”मजदुर नेता तिमल्सीनाले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);