उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् । दुर्घटनामा परी गम्भिर घाईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ  ।

Leave a Reply