तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् । म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर हिजो साँझ अनियन्त्रित भइ सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो । चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ताजा समाचार
धानको न्युनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग
१६ घन्टा अघि




