आज यी क्षेत्रका खोला-नदीमा आउनसक्छ अचानक बाढी | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

आज यी क्षेत्रका खोला-नदीमा आउनसक्छ अचानक बाढी

badi1

काठमाडौं। नेपालमा मनसुनीयाम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज – इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ। तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ। बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेकाे हाे। काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ। पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Leave a Reply