उदयपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उदयपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

उदयपुर । सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट जलजले खण्डमा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा विपरीत दिसाबाट आएको टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट बजारबाट जलजलेतर्फ जाँदै गरेको प्र २–०१ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आएको स१ख ७२१ नम्बरको टिपर एक आपसमा ठोकिएको जनाएको छ । 

दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका ३१ वर्षीय दिलीप दुलालको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार दुलालको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक त्रियुगा नगरपालिका–५ देउरीका ३२ वर्षीय प्रभुनारायण चौधरीको न्युरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जनाएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ताका ३६ वर्षीय चालक मेखबहादुर राउतलाई सवारी साधनसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);