दाहालले ओली प्रधानमन्त्रीमा नभई सुशासन र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको छ । | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहालले ओली प्रधानमन्त्रीमा नभई सुशासन र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको छ ।

काठमाडौं, २१ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली र आफ्नो ध्यान अध्यक्ष र प्रधानमन्त्रीमा नभई सुशासन र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको छ ।

तीन दिनका लागि गृहजिल्ला चितवन जानुभएका अध्यक्ष दाहालले प्रेस चौतारी र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफूहरूको ध्यान विकास र राष्ट्रिय एकतामा केन्द्रित रहेको बताउनुभएको हो ।

एमाले र माओवादीबीच पार्टी एकता र पद बाँडफाँडका विषयमा कुनै विवाद नरहेको अध्यक्ष दाहालले प्रस्ट पार्नुभयो । वर्तमान सरकारलाई पाँच दलले प्रदेशको अस्थायी राजधानी तोक्न सहमति दिएको भन्दै दाहालले प्रदेशको राजधानी प्रदेश सरकारले नै तोक्ने बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);