‘एकता प्रक्रियाबाट कुनै हालतमा फर्कन्नौं’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘एकता प्रक्रियाबाट कुनै हालतमा फर्कन्नौं’

Prachanda

काठमाडौँ,२ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता प्रक्रियाबाट कुनै हालतमा पछि नफर्कने बताएका छन् । एउटै कम्युनिस्ट केन्द्र बनाउने आफ्नो वर्षौंदेखिको सपना रहेको उल्लेख गर्दै दाहालले एमाले अध्यक्ष केपी ओलीसमेत पार्टी एकताको प्रक्रियाबाट पछि नफर्कने विश्वास व्यक्त गरे ।

‘एउटै कम्युनिस्ट केन्द्र बनोस् र नेपालमा समृद्धि आओस् भन्ने चाहना थियो, अब त्यो पूरा हुन्छ,’ गोकर्णेश्वर नगरपालिकामा सोमबार आयोजित तारेभीर महोत्सवको उद्घाटन गर्दै दाहालले भने, ‘एमाले अध्यक्ष ओली र हामी कुनै पनि मूल्यमा पछि फर्कंदैनौं ।’ एमाले र माओवादी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा संयुक्त घोषणापत्र लिएर गएको र झन्डै दुई तिहाइ मत प्राप्त गरेको उल्लेख गर्दै दाहालले कम्युनिस्ट एकता प्रक्रियालाई जनताले अनुमोदन गरेको दाबी गरे ।

उनले अब स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका सरकार क्रियाशील हुने अवस्था आएको उल्लेख गर्दै सबै सरकारको ध्यान विकासमा केन्द्रित हुने धारणा राखे ।आजको कान्तिपुरमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);