प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता अन्तिम चरणमा

काठमााडौं, १ असार । तत्कालीन एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच छिट्टै एकता हुने भएको छ । चौतारी र सेन्टरले आज काठमाडौंमा संयुक्त बैठक गरी एकता अन्तिम चरणमा पुगेको सन्देश दिएका छन् ।

यसै कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले एकतापछि पार्टीलाई व्यवस्थित गर्न कठिन र चुनौतीपूर्ण भए पनि मिलेर सामना गर्ने बताएका छन् ।

बैठकलाई दुबै अध्यक्षले संयुक्त रुपमा सम्बोधन गर्ने बताइएपनि केपी शर्मा ओली उपस्थित भएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट पार्टीभित्र बहुकेन्द्र हुँदा बुर्जुवा र कमाइ खाने भाँडोमा रुपान्तरण भएको भन्दै नेकपालाई बलियो हेडक्वार्टर चाहिएको बताए ।

उनले पूर्व एमाले र माओवादी निकट संगठनहरु एक भएपछि पार्टीको संगठनात्मक चुनौती समाधान हुँदै जाने बताए । कम्युनिस्टहरुको मानसिकता र आदर्श भनेको सामूहकिता भएपनि केही समयदेखि सामूहिकता खल्बलिँदै गएको उनको टिप्पणी थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपनि ती पार्टी निकट विभिन्न संगठन एकता प्रक्रियामै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);