आफ्नै सरकारले ल्याएको बजेटप्रति सांसदहरु असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आफ्नै सरकारले ल्याएको बजेटप्रति सांसदहरु असन्तुष्ट

काठमाडौं, १ असार । प्रधानमन्त्री र मन्त्रीहरुले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटलाई उत्कृष्ट भएको दाबी गरेपनि सत्तारुढ दलकै सांसदहरुले भने बजेटबारे चर्को असन्तुष्टि पोखेका छन् ।

बजेटमा मन्त्रीहरुको मनोमानी प्रष्ट झल्किएका भन्दै उनीहरुले यो पाराले समृद्धिको अभियान सार्थक नहुने बताएका छन् । संसदको बैठकमा बोल्दै नेकपाका सांसदले नै बजेटको चर्को आलोचना गरेका हुन् ।

सत्तारुढ दलका सांसदहरुले प्रतिनिधिसभामा बजेट छलफलका क्रममा विभिन्न मन्त्रीहरुको उछित्तो काटे । समृद्ध नेपाल निर्माणको अभियान लिएको सरकारका मन्त्रीहरुले आसेपासेलाई मात्रै सन्तुष्ट पार्ने खालको बजेट ल्याउनु दुखद भएको सांसदहरुको टिप्पणी छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले त यसरी मनलाग्दी बजेट बाँडेर राष्ट्रिय ढुकुटीको दुरुपयोग गर्ने मन्त्रीलाई जेल नै हाल्नुपर्ने माग समेत गरे ।

बजेटमा मन्त्री र नेताहरुको दुरदृष्टि कतै नदेखिएको सांसदहरुको टिप्पणी छ । सांसद झपटबहादुर रावलले नयाँ सरकारले विगतकै प्रवृत्तिलाई बजेटमा निरन्तरता दिन खोजेको टिप्पणी गरे ।

अत्यन्तै उत्तम भनेर ल्याईएको बजेट २०४६ सालको संविधान जस्तो भएको टिप्पणी सांसदहरुको छ । सांसदहरुको क्षेत्रमा एउटा मात्रै योजना परेको तर मन्त्रीको जिल्लामा भने ४४ वटा योजना पारिएको भन्दै मन्त्री नभएका सांसद जिल्ला फर्कने अवस्था नरहेको सांसज गजेन्द्रबहादुर महतको गुनासो छ ।

सांसदहरुकै कारण मन्त्री बन्ने अवसर पाएको हेक्का राख्न मन्त्रीहरुलाई सांसदहरुले चेतावनी समेत दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);