सरकार नीतिगत र विधिगत ढंगले नचलेको सांसदको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार नीतिगत र विधिगत ढंगले नचलेको सांसदको आरोप

काठमाडौं, ३ असार । सरकार नीति, विधि र थिति अनुसार चल्न नसकेको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन् । मन्त्रालयगत बजेट विनियोजनामा सरकार चुकेको भन्दै प्रतिक्ष र सत्तारुढ दलकै सांसदहरुले सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको टिप्पणी गरे ।

मन्त्रालयत विनियोजित बजेटमाथिको छलफलको क्रममा आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले सरकरको चर्को आलोचना गरे । सत्तारुढ दलकै सांसदहरुले पनि सरकार नीति, विधि र थिति अनुसार नचलेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दुर्गाबहादुर रावतले आफू जनप्रतिनिधि भएको भन्दै मन्त्रीका जिल्ला र निर्वाचन क्षेत्रका योजनाका लागि आफू भरिया बन्न नसक्ने बताए ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले समृद्धिको नारा लगाउने सरकारले ल्याएको बजेटले भ्रष्टाचार गर्ने आधार मात्र श्रृजना गरेको आरोप लगाए । शहरी विकास मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद गौतमले नीतिगत भ्रष्टाचार गर्ने किसिमले बजेटमा थुप्रै ढोकाहरु खुल्ला गरिएको दाबी गरे ।

राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवले बजेट विनियोजनमा सरकारले बेइमानी गरेको आरोप लगाए । बजेट विभेदपूर्ण रुपमा विनियोजन गरिएको भन्दै उनले तत्काल नसच्याए दुष्परिणाम निम्तने चेतावनी दिए ।

आइतबारको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफल भएको छ ।

मन्त्रीहरुले आफ्ना जिल्लामा मात्रै योजना र बजेट पारेको भन्दै सत्तारुढ दलकौ सांसदहरुले चर्को विरोध गरेपछि नेकपाले शनिबार संसदीय दलको बैठक बोलाएर सांसदहरुलाई बजेटको बचाउ गर्न निर्देशन दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);