बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदलाई प्रम ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदलाई प्रम ओलीको निर्देशन

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिएका छन् ।

नेकपाका संसदीय दलका नेता प्रधानमन्त्री ओलीले संघीय संसदको मर्यादा, सत्तापक्ष र प्रतिपक्षी दलको मुल्य र मान्यतामा कायम रहँदै सरकारले ल्याएको बजेटको बचाउमा आफ्ना अभिव्यक्ति केन्द्रीत गर्न आफ्ना सांसदलाई निर्देशन दिए ।

आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि संघीय संसदमा सत्तारुढ दलकै सांसदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेपछि नेकपाले त्यसबारे छलफल गर्न शनिबार  संसदीय दलको बैठक बोलाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकको सुरुमै बोल्दै दलका नेता ओलीले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई सचेत गराए । उनले बजेटमा समावेश गनर््ुपर्ने योजना तथा भएका त्रुटीहरु भविष्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने सांसदहरुलाई आश्वासन दिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पश्चिम सेतीका बारेमा मिडियामा आएका विषयमा यथार्थ नरहेको भन्दै सांसदहरुलाई आश्वस्त तुल्याए ।

बजेट विनियोजनमा विभागिय मन्त्री र ठुला नेता हावी भएको भन्दै संघिय संसदमा सरकार र सम्बन्धीत मन्त्रीको चर्को आलोचनामा उत्रिएका सांसदहरुले दलको बैठकमा पनि त्यसबारे कुरा उठाएपछि प्रधानमन्त्रीले संयमित हुँदै विद्यमान परिस्थित र संसदीय मुल्य मान्यता तथा सत्तारुढ र प्रतिपक्षी दलको मान्यता अनुसार अघि बढ्न निर्देशन दिए ।

असार १ गतेका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयकका लागि विनियोजित बजेटमाथिको छलफलको संभावित कार्यक्रम सार्वजनिक गरिएपनि सत्तारुढ दलबाटै सरकार र सम्बन्धित मन्त्रीहरुको आलोचना बढी भएपछि सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको बैठक आईतबार सम्मका लागि स्थगित गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);