'असोज २ गते भित्र मौलिक हक कार्यान्वयनका लागि सबै कानुन बन्ने' | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

‘असोज २ गते भित्र मौलिक हक कार्यान्वयनका लागि सबै कानुन बन्ने’

ngo serbdr

काठमाडौं, २ असार । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेर बहादुर तामाङ्गले आगामी असोज २ गते भित्र मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक सबै कानुन बनाई लागु गरिसक्ने बताएका छन् ।

नागरिक एकता समाजद्धारा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङ्गले संविधान कार्यान्वय गर्नु सरकारको मुख्य दायित्व भएकाले निर्धारित समयमै सबै कानुन बनाई लागु गर्ने प्रतिवद्धता जाहेर गरे ।

संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने १ सय १० वटा कानुन मध्ये बांकी रहेका ३७ वटा कानुन बनाईसकेपछि मौलिक हक सम्बन्धी सबै कानुन बन्ने भन्दै उनले असोज २ गते भित्रै कानुन बनाउने काम सम्पन्न गरिने बताए ।

उनले भने “संविधान कार्यान्वयनका लागि १ सय १० वटा कानून बनाउनुपर्नेमा ७३ वटा कानून बनिसकेको छ, ३७ वटा कानून बनाईसकेपछि मौलिक हक सम्बन्धी सबै कानून बन्नेछन् । ३४ वटा सरकारको विभिन्न तहमा सहमतिको प्रक्रियामा अगाडि बढिरहेको छ । ३ वटा कानुनको मस्यौदा बनाउने काम भईरहको छ । असोज २ गते भित्रै मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक कानून संसदबाट पारित भई लागु हुनेछन् ।”

मन्त्री तामाङ्गले मुलुकमा अब राजनीतिक स्थिरता कायम भएको भन्दै विदेशमा खर्च हुने नेपाली श्रम नेपालमै लगाएर मुलुकलाई सम्वृद्धिको बाटो अघि बढाईने बताए ।

कानुन निर्माणमा चुनौती विषयक अन्र्तरक्रिया गरेको नागरिक एकता समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १५ जनालाई सम्मान पनि गरेको छ ।

ताजा समाचार